कालभैरव दौड प्रतियोगिताका विजयी धावक

दमौली, २ कात्तिक (रासस)-तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ डोटीका नवीन साउद प्रथम, बागलुङका चन्द्र घर्ती द्वितीय र काठमाडौँका शिवबहादुर रायमाझी तृतीय हुनुभएको छ भने महिलातर्फ प्युठानका हुमी बुढामगर प्रथम, खोटाङका प्रिया राई द्वितीय र हेटौँडाका जुनेली सुनार तृतीय हुनुभएको छ । तस्वीर ः कृष्ण न्यौपाने