वाग्मती सफाइ अभियानको ३३६ औ हप्ता पुरा

कात्तिक २, काठमाडौं – वाग्मती सफाइ अभियानको ३३६औ हप्ता पुरा भएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।

वाग्मती सफाइ अभियान शुरु भएपछि यसका सहायक नदी र चक्रपथ सफाइ अभियान पनि आरम्भ भएको हो उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबारझैँ आज पनि जारी रह्यो । वाग्मती सफाइ महाअभियानको ३३६औँ हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो ।

आज उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट र गुह्येश्वरी खण्ड, चक्रपथको पश्चिम खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान सञ्चालन गरिएको थियो ।

उपत्यकाबाट शुरु भएको सफाइ अभियानले हाल देशव्यापी स्वरुप ग्रहण गरिसकेको छ । देशभर हाल १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

–––