तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने प्रचण्डको भनाई

कात्तिक १, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मिडियामा आएजस्तो मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।

साथै आाफु पार्टीको अध्यक्ष मात्रै भएकाले यो प्रश्न आफुलाई नसोध्न उनले आग्रह समेत गरे ।

उनले भने ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’