एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

कात्तिक १, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा नेकपा निकट कुमार पन्त विजयी भएका छन् ।

काँग्रेस निकट प्रतिस्पर्धी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।