कात्तिक १, एजेन्सी – फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते छन् ।
फिलिपिन्सको दक्षिणी भूभागमा भूकम्पको धक्का भएको हो । जसले गर्दा केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् ।
बिहीबार नै डाभाओ ओरिएन्टल प्रान्तमा अर्को भूकम्पको अर्को धक्का पनि महसुश भएको अधिकारीहरुले जनाएका छन् ।
१९९० मा फिलिपिन्सको उत्तरी क्षेत्रमा ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पबाट झण्डै २ हजार मानिसको मृत्यु भएको थियो ।