एनआरएनएको स्थगित मतदान आज १० बजेदेखि सुरु हुने

असोज ३०, काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार फेरि मतदान हुने भएको छ ।

बुधबार मतदान भोटिङ मेसिनमा समस्या आएपछि स्थगित गरिएको मतदान बिहीबार बिहान १० बजे देखि सुरु हुने समितिले बताएको छ ।
बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाण्डौको हायात होटलमा मंगलबार भएको सम्मेलनपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजक तथा उप–संयोजक, महिला र युवा उपसंयोजक गरी २५ जना नयाँ सदस्यका लागि ७५ जना उम्मेद्वार छन् ।