कृषि विकास बैंक र एनआरएन पार्टनरबीच सम्झौता

असोज २८, काठमाडौं – कृषि विकास बैंक र एनआरएन पार्टनर कम्पनीबीच अफिसियल बैंकिङ पार्टनरका रूपमा कार्य गर्नका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र एनआरएन पार्टनर कम्पनी र आईडिया फर नेपाल प्रालिको तर्फबाट अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

आगामी दिनमा उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने भन्दै बैंकले व्यवसायिक कृषि, पर्यटन होटल ई–पार्किङ, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने पनि जनाएको छ ।