एनआरएनएको महाधिवेशन आजदेखि सुरु हुदैं

असोज ८, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तराष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

होटल ह्यातमा हुने सम्मेलनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ ।