महराको अस्पतालभित्रै बयान लिने तयारी

असोज २७, काठमाडौं – स्वास्थ्यमा समस्या आएपछि गत बिहिवारदेखि नर्भिक अस्पतालमा उपचाररत निवर्तमान सभामुख कृष्ण बहादुर महराको अस्पतालमा नै बयान लिने तयारी गरिएको छ।

महरालाई उच्च रक्तचापको समस्या देखिएको छ । स्वास्थ्यमा सुधार आउन अझै केहि समय लाग्ने भएकाले अस्पतालले उनलाई बाहिर निकाल्न अस्विकार गरेको छ । जसले गर्दा अस्पतालभित्रै उनको बयान लिने तयारी गरिएको छ।

प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो ।