अरिंगाल खाँदा रुकुममा १० जना बिरामी

असोज २७, काठमाडौं – रुकुमपूर्वको कापुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा अरिंगाल खाँदा १० जना बिरामी परेका छन ।

शनिवार नजिकैको जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए ।

बिरामी परेकामध्ये एकको अवस्था गम्भीर रहेको छ भने अन्य ९ जनाको स्वास्थ्य सामान्य रहेको छ ।  बिरामी परेकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको छ