सचिवले सूचना जारी गरेसंगै महराको राजीनामाले पूर्णता पायो

 

असोज १५, काठमाडौं – सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि मंगलबार पदबाट राजीनामा दिएका महराको राजीनामाले बुधबार मात्र पूर्णता पाएको हो

।महराले राजीनामा उपसभामुख समक्ष मंगलबार बुझाएका थिए । यो प्रक्रियाले भने बुधबार मात्र पूर्णता पाएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो ।

संसद सचिवालयका  सचिव भरतराज गौतमले हस्ताक्षर गरी बुधबार दिउँसो सूचना निकालेर महराको राजीनामा प्रक्रियालाई पूर्णता दिएको संसद सचिवालयले जनाएको छ ।