सभामुख महराले आफ्नो पदवाट राजिनामा दिए

असोज १४, काठमाडौ–आफ्नै कर्मचारी माथि यौनदुव्र्यवाहारको आरोप खेपेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

महराले आफुमाथि लागेको आरोपको सत्यतथ्य छानविका लागि सहज वनाउन नैतिकताका आधारमा राजिनामा दिएको वताएका छन ।

केहिवेर अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।