विदेशमा सिकेको ज्ञान नेपाली वजारमा पोख्नु पर्छ

असोज १४, काठमाडौ–शिक्षालाई सर्वसुलभ रुपमा आर्जन गर्न पाउनु सबैको अधिकार हो । शिक्षा आर्जन गर्ने विद्यार्थीलाई भरपर्दो र सुनिश्चित भविष्यका लागि कुशल मार्गदर्शक बन्नु हरेक शिक्षित अग्रजको कर्तव्य हुन आउँछ । त्यही कर्तव्यलाई आत्मसात् गर्दै विगत लामो समयदेखि शैक्षिक परामर्शमा उभिएका छन्– विराज पाण्डे । सुन्धारास्थित एजुकेशन पार्कमार्फत प्लस टु सकेका र स्नातक पढ्नका लागि विदेशिने नेपाली विद्यार्थीलाई यतिवेला उनले मन, वचन र कर्मले परामर्शदाताकारुपमा आफ्नो सेवा पु¥याइरहेका छन् । त्यही भएर उनको सपना पनि साकार हुँदै गइरहेको छ ।

गुणस्तरीय परामर्श दिएकै कारण उनको एजुकेशन पार्कले भर्खरै ‘द पायोनियर अवार्ड’ लन्डनवाट मनोनित हुने शौभाग्य पाएको छ । शिक्षाको क्षेत्रमा निकै महत्वपूर्ण मानिने यो अवार्डले विराजलाई थप ऊर्जा मिलेको छ ।

विराज शैक्षिक परामर्शको दुनियाँमा खुलेका तमाम परामर्शदाता कम्पनी सबै गलत छन् भन्ने मान्यता राख्दैनन् । तर, केही कम्पनीका कारण यो क्षेत्र नै वद्नाम भएको उनको ठम्याइ छ ।

उनले काउन्सिलिङका क्रममा धेरैजसो विद्यार्थीलाई शैक्षिक योग्यता आर्जन गर्न विदेश गएपनि फर्केर आउन सुझावसमेत दिन्छन् । ‘विदशमा शिक्षा आर्जन गर्न जाने हो ।,’ उनले कुराकानीका क्रममा भने, ‘त्यहाँको शिक्षा आर्जन गरेपछि त्यसलाई व्यवहारमा लागु गर्न नेपालमै आफ्नो बजार खोज्न सक्नुपर्छ ।’ उनको एजुकेशन पार्कबाट गएका मध्ये केही फर्केर नेपाली बजारमा राम्रै व्यवसाय गरेर जमेका पनि छन् ।

विराज व्यवसायलाई नाफामुखी भन्दा पनि असल मार्गदर्शककारुपमा स्थापित गर्न तल्लिन देखिन्छन् । पैसाकै लागि हो भने त जे गरेपनि भयो नी ? उनी प्रतिप्रश्न गर्दै भन्छन्– ‘सकेसम्म विदेश जाने विद्यार्थीलाई एउटा सक्षम व्यवसायीकरुपमा स्थापित गर्ने उद्देश्यकासाथ हामीले काम गरिरहेका छौँ ।’ त्यसैले त उनले परामर्शका लागि आउने विद्यार्थीलाई सकेसम्म स्नातक सकेर मात्रै विदेश जान सुझाउँछन् । प्लस टु सक्ने वित्तिकै विद्यार्थी विदेश अध्ययनका लागि जाँदा उसले शिक्षामा धेरै ध्यान दिन सक्दैन्, यसबाट उसको परिपक्वता पनि देखिँदैन् । र उसले जसरी हुन्छ कमाउने मात्रै सोच्छ अनि जसका कारण उसको भविष्य उज्ज्वल र अठिलो हुन सक्दैन् । यही कारण विद्यार्थीलाई सकेसम्म स्नातक सकेर मात्रै जान उनको सुझाव हुन्छ । यसो भएमा मात्रै दीर्घकालीन रुपमा फलदायी हुने गरी परामर्श दिइरहेको र यसले शैक्षिक परामर्शदाता कम्पनीको दिगोपना पनि झल्काउने उनको ठम्याइ छ । र, उनले एजुकेसन पार्कलाई त्यही मार्गदर्शनमा अगाडि बढाइरहेका छन् ।

बुटवलबाट काठमाडौं छिरेका विराजले केही समय काठमाडौंमा आफ्नो पुख्र्यौली व्यवसायलाई फस्टाउने मनसाय पनि नराखेका होइनन् । आफ्नो बुबाले सञ्चालन गरेको चाउचाउको बजारलाई काठमाडौंमा विस्तार गर्ने सोच बनाएर काठमाडौं आएका थिए । तर, यहाँ आइसकेपछि केही साथीभाइको संगतले उनको सो बदलियो र लागे शैक्षिक परामर्शको कर्मतिर । शैक्षिक अवस्थामा आमूल परिवर्तन ल्याउने र विद्यार्थीलाई गलत वाटो लाग्नवाट रोक्ने सपना बुनेर उनी शैक्षिक परामर्शको क्षेत्रमा १४ वर्षअघि अविरल लाग्दै आएका छन् ।

विकसित देशहरुमा शैक्षिक परामर्शदाताको माग बढिरहेका बेला नेपालमा भने शैक्षिक परामर्शका नाममा केही गलत कामहरु पनि भएको उनको स्वीकारोक्ती छ । एजुकेसन पार्कका प्रबन्ध निर्देशक विराज केही शैक्षिक परामर्शदाताहरु विद्यार्थीलाई जसरी पनि विदेश पठाउनैपर्ने मनसायवाट प्रेरित भएको र यसबाट परामर्शदाता कम्पनीले केही वद्नामनी पनि कमाइरहेको बताउँछन् । नेपाली विद्यार्थीहरु धेरैजसो अष्ट्रेलिया, जापान, वेलायतजस्ता मुलुकमा जाने गरेको पाइन्छ । विश्वको शैक्षिक वजारका लागि विदेशमा शैक्षिक अध्यननको बजारसमेत राम्ररी बुझेका उनले अहिलेसम्म करिब दश हजार भन्दा वढी विद्यार्थीलाई शैक्षिक परामर्ष दिइसकेका छन ।

नेपालबाट बाहिर गएका विद्यार्थीलाई नेपालमा फर्काउन उनले पहल पनि थालेका छन् । त्यसका लागि उनले ‘कम होम नेपाल’भन्ने अभियान चलाउने भएका छन् । विदेशमा पाएको शिक्षाले नेपालमा केही योगदान गर्न सके मात्रविदेश जानुको उचित अर्थ राख्छ भन्ने सोच विदेशमा रहेकालाई गराउन सके यो अभियान सार्थक हुने उनको बुझाइ छ । यस्तै भर्खर वाह्र कक्षा पास गरेका विद्यार्थीलाई लक्षित गरि अव के पढ्ने भन्ने अति उपयोगी भिडियो पनि पार्कले सार्वजनिक गरेको छ । यो भिडियो पनि हेर्ने प्रयास गर्नुहोला ।

Discover Your PASSION

तँपाईहरुले भर्खरै १२ पास भएका को-को चिन्नुभएको छ त ?Researches show that only 60 to 70% of students complete their higher degrees with regular studies. The main reason behind this has been found out as students choosing their courses without a proper research and just following the generic trend or parents/peers lead. For your academic success, you must know your interest, discover your passion and only then choose your subject of studies. A MUST SEE VIDEO….#educationparknepal #education_park #brightertomorrow

Posted by Education PARK on Sunday, September 15, 2019