सरकारले तोक्यो खसी बोकाको मुल्य, कसको कति ?

असोज १३, काठमाडौं – सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेको हो ।

खसीबोको मुल्य ५ सय ५० रुपैयाँ प्रतिकेजी च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

कम्पनीले आफ्नो कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू गरेको छ । कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ ।