भारतले प्रतिबन्ध लगाएपछि एकैदिनमा ३० रुपैयाँले बढ्यो प्याजको मूल्य

 

असोज १३, काठमाडौं – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि एकै दिनमा नेपाली बजारमा प्याज प्रतिकेजी ३० रुपैयाँले बढेको छ।

आइतबार मात्रै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि सोमबार थोक मूल्यमै प्याजको भाउ ३० रुपैयाँले बढेको हो।

आइतबार प्याजको मूल्य थोक बजारमा प्रतिकेजी अधिकतम ९० रुपैयाँ थियो। तर, सोमबार थोक मुल्य नै प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको छ। काठमाडौंको खुद्रा बजारमा भने प्याजको मूल्य कम्तीमा १ सय ५० रुपैयाँ पुगको छ।

नेपालको सहरी क्षेत्रको शतप्रतिशत माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो।