इटालियन सिरी ’ए’ फुटबलमा नापोलीले जित

असोज १३, काठमाडौं – इटालियन सिरी ’ए’ फुटबलमा नापोलीले जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र कोस्टास मोनालासले एक एक गोल गरे । ब्रेसियाका मारियो बालोटेलीले एक गोल फर्काए ।

जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ ।