फरार अन्सारी २४ वर्षदेखि पक्राउ

असोज १२, काठमाडौं – ज्यान मार्ने उद्योगमा सम्लग्न एक अपराधीलाई प्रहरीले २४ वर्षदेखि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्व महानगरपालिका–१२ का समिम अख्तर अन्सारी छन्। उनलाई सर्वोच्च अदालतले २०५२ जेठ २५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिनको कैद फैसला सुनाएको थियो ।

फरार अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति साढे ८ बजे उनकै गाउँबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि अदालत लैजान लागिएको प्रहरीले जनाएको छ।