क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी

असोज ११, काठमाडौं –नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निवार्चित भएका छन् ।

चन्दले ३१ मतका साथ जित हासिल गरेको हो । ५९ जनाले मतदान गरेकोमा ४० मत मतगणना सकिएको छ। उनका प्रतिस्पर्धी विनयराज पाण्डेले १० मत प्राप्त गरेका छन् । चन्द अध्यक्षमा विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ ।

चन्द प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राजबाबु श्रेष्ठ, सचिवमा उम्मेदवारी दिएका अशोकनाथ प्याकुरेल र कोषाध्यक्ष मा उम्मेदवारी दिएका रोशन कुमार सिंह विजयी भएका छन्।

प्रदेश नम्बर २ बाट दाउद अन्सारी, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश नम्बर(५ बाट प्रसान्तबिक्रम मल्ल, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का र सुदुरपश्चिम प्रदेशबाट बिक्रम बिष्ट निर्विरोध निर्वा्चित भएका हुन्। यस्तै जयन्ती भट्ट महिला सदस्यमा निर्विरोध भएकी छन्।