नेपाल आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

असोज ११,काठमाडौं—सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल दोस्रो खेलमा आज आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल सिरिजको पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाब्वेसित ५ विकेटले पराजित भएको छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ ।