‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत ‘बिच्च बिच्चमा’ (भिडियोसहित)

असोज ११,काठमाडौं—फिल्मको प्रमोसनको लागि  चलचित्र ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत युट्युबमार्फत सार्वजनिक भएको छ । उक्त फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउने छ ।

पप शैलीको चर्चित तीज ‘बिच्च बिच्चमा’ को संगीतमा गायक दुर्गेश थापाको शब्द, स्वर तथा संगीतमा रहेको रमाइला टुक्का जोडेर बनाइएको गीतमा दर्शकहरुलाई फिल्म हेर्न आग्रह गरिएको छ ।

शिव बि.केको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ुछ माया छपक्कैमा ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित फिल्ममा दीपकराज र केकीको जोडी बाँधिएको छ ।

गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायांकन गरिएको गीतको भिडियोमा दुर्गेशसहित फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौलालाई देख्न सकिन्छ ।

रोहित अधिकारी मुभिजको ब्यानरको सहकार्यमा रहेर फिल्मको कथा निर्देशक दीपेन्द्रले लेखेका हुन् । फिल्मको पटकथा तथा संवादलाई दीपकराज गिरी, जितु नेपाल, अभिमन्यू निरवी र केदार घिमिरेले तयार पारेका हुन् । राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा बनेको छ ।