कमेडी फिल्म ‘हाउसफुल ४’ को ट्रेलर रिलिज (भिडियोसहित)

असोज ११,काठमाडौं—‘हाउसफुल ४’को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलरलाई युट्युबमार्फत रिलिज गरिएको हो । सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका हरेक कलाकारहरुको डबल रोल देख्न सकिन्छ । ट्रेलरले निकै कन्फ्युज समेत पार्न सक्छ । ट्रेलरलाई हेरेर फिल्म कमेडी शैलीमा निर्माण भएको बुझ्न सकिन्छ ।

फर्हाद सम्जीको निर्देशनमा बनेको ‘हाउसफुल ४’ लाई सजिद नाडियवाला र फक्स स्टार स्टुडियोको सहकार्यमा रहेर निर्माण गरिएको छ । फिल्मलाई पुर्व जन्मको कमेडी फिल्म भनिएको छ । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृती खरबन्दा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मको कथा सन् १४१९ बाट सुरु भएर २०१९ मा आएर अन्त्य हुने भएको छ । तिहारको अवसर परेर अक्टुबर २५ तारिखबाट रिलिज हुन लागेको फिल्म ‘हाउसफुल ४’ को प्रचार प्रसार सुरु भएको छ । फिल्मको पोस्टरहरु सार्वजनिक गर्दै निर्माण टिमले प्रचार प्रसारको सुरुवात गरेको हो ।