भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

असोज १०, काठमाडौं – बंगलादेश तेस्रो संस्करणको साफ यू  –१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

यो सँगै बंगलादेश पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । पहिलो पटक सेमिफाइनल पुगेको भुटान भने फाइनल पुग्न असफल रह्यो ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।