माइका मार्बल पेन्ट अब बजारमा

असोज १०, काठमाडौं –जापानको हेल्थी होम पेन्ट केएनपीले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्सटिरिउर पेन्टलाई नेपालमा भित्राएको छ ।

होटल हायत एजेन्सीमा आयोजित डिलर मिटको अवसरमा पारेर केएनपीले माइका मार्बल पेन्ट लन्च गरेको छ ।

यस पेन्टमा इलास्टिकजस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्तो मौसममा पनि सुरक्षित राख्ने कम्पनीले बताएको छ ।