काम नगर्ने मन्त्रीलाई पदबाट हटाउने प्रधानमन्त्रीको चेतावनी

असोज १०, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगरि आलटाल गर्ने विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउन यता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजना अनुसार काम नगर्ने नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका हुन् ।

उनले कामको समीक्षा गर्दै देश र जनताको चाहना अनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्ने तिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय र मन्त्रालयभित्रै पनि समन्वय हुन नसकेको भन्दै असन्तुष्टि समेत पोखे ।