यु –१८ च्याम्पियनसिप –श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा

असोज ८, काठमाडौं — भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यु –१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरी खेलको भारतले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

जितसँगै समूह ’बी’ को भारतले २ खेलबाट ४ अंक जोडेको छ ।  भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

यसअघि भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।