बैंक हृयाकिङ प्रकरण — मुख्य योजनाकार काले, नेपालीलाई ३५ प्रतिशतसम्म कमिशन

असोज ८, काठमाडौं — कृषि विकास बैंक को लहान शाखाबाट ४ करोड ७३ लाख रुपैया हृयाकिङ भएको छ ।

यसको मुख्य योजनाकार काले भनिने पिटर रहेको अनुसन्धानबाट खुलेको छ । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएका थिए ।यस काण्डमा नेपाली नागरिकहरुको पनि सम्लग्न भएको पाइएको छ ।

उनिहरुलाई प्रहरीले पत्रकार सम्मृलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका लावाङ तामाङ, रसुवाकी लक्ष्मी लामा, तारकेश्वरका सञ्जय घले, रसुवाकी निर्मला तामाङ, सोही ठाउँकी निमा तामाङ, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारत कलकत्ताका शुबंकर पञ्जा र कैलालीका चन्द्र बहादुर बुढा छन् ।

ह्याकिङमा प्रयोग हुने नेपालीलाई भने १५ देखि ३५ प्रतिशत कमिसन पाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।