ह्याकरले लुट्यो कृषि विकास बैंकको डेढ करोड, तीन जना पक्राउ

असोज ८, काठमाडौं — ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।

प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम लुटेको हो।

प्रहरीका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ।

सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।