प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख ताओबीच भेटवार्ता

असोज ७, काठमाडौं —नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओ बिच भेटबार्ता भएको छ ।

राजधानीस्थित होटल मेरिओटमा आज बिहान भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधिबारे कुराकानी भएको बताइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन् ।

चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।