नेकपा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज विश्वकर्मा पक्राउ

असोज ७,काठमाडौं—नेकपा विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ लाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

पूर्वराज्य मन्त्री समेत रहेका विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विश्वकर्मालाई प्रहरीले राखेको स्थान भने गोप्य राखेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै देशैभर सो पार्टीका नेता कार्यकर्ताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ ।