फिफा वर्ष खेलाडी बने मेस्सी

असोज ७, काठमाडौं — लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

बार्सिलोनाका कप्तान मेस्सीले मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।