प्रधानमन्त्रीले पर्यटन मन्त्रालयबाट २६ करोड बाँडेको खुलासा

असोज ६,काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्रालय सम्हालेका बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

मन्त्रालय अन्तर्गतको संस्कृति प्रवछन कार्यक्रम शीर्षकममा यो रकम वितरा गरेको हो । तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए ।

मन्त्रालयमा राज्यमन्त्री रहेपनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन । गत साउन १५मा योगेश भट्टराई मन्त्री भएसँगै मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले छाडेका थिए ।

कानूनअनुसार सचिवस्तरीय निर्णयबाट यस्ता प्रतिष्ठानलाई बजेट विनियोजन गर्ने व्यवस्था भएपनि बजेटका लागि मन्त्री र प्रधानमन्त्रीबाटै हस्तक्षेप हुने गरेको छ ।

कारोबार दैखिनका खबर छ ।