गलत उत्तर दिएपछि सोनाक्षी बनिन् ट्रोल, भन्छिन् ‘अझै मिम बनाउ’

असोज ५,काठमाडौं—सोनाक्षी सिन्हाले रियालिटी सो कौन बनेगा करोडपतिमा गलत उत्तर सिकाएपछि ट्रोलमा छाएकी छिन् ।

रामायणका विषयमा सोधिएको प्रश्नमा उनले सिकाएको उत्तर गलत थियो । सोमा सहभागी भएकी एक महिलाको सहयोगमा रहेकी उनले लक्ष्मण उत्तर दिनु पर्नेमा राम भनेपछि मिममा छाएकी हुन् । सोनाक्षीको घरको नाम रामायण र दाजुभाईकै नाम लभ र कुश छ ।

तर प्रतियोगिताकी सहभागीलाई उनले हनुमानले कस्को लागि संजिवनी बुटी ल्याएका थिए भन्ने प्रश्नमा राम भनेकी थिइन् । उनको ट्रोल अहिले भाइरल भएको छ । ट्रोलमा भाइरल भएपछि उनले ट्विट गर्दै आफूलाई मन पर्ने भन्दै अझै बनाउन भनेकी छिन् । उनले व्यग्यात्मक पारामा आफुलाई धेरै कुरा नआउने भन्दै सबै विषयमा ट्रोल बनाउन भनेकी हुन् । आफुलाई गणित, इतिहास लगायतका विषयमा जानकारी नभएको भन्दै सबै विषयमा ट्रोल बनाउन उनले भनेकी हुन् ।