भरतपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

असोज ५,काठमाडौं—भरतपुरमा शनिवार राती बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त दुर्घटना राति १२ः३० बजे भएको हो ।

मृतकको पहिचान हुनसकेको छैन । शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।