गोरखामा ४ रेक्टर स्केलको भुकम्प

असोज ४,काठमाडौं— गोरखामा केन्द्रबिन्दु भएर शनिबार बिहान ६ बजेर ११ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको बताए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गएको छ ।