नागरिकता ऐनमा छोरा छोरीलाइ एउटै मान्यताको ब्यवस्था हुनुपर्ने डा. भट्टराईको भनाई

असोज ३, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले छोरा छोरीलाई एउटै मान्यता हुने गरी नागरिकता ऐनमा व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकतासम्बन्धी विधेयकमा भट्टराईले छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्ने बताएका छन् ।

बिदेशी बुहारी र ज्वाइँलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने कि नदिने भन्ने बहसमा उनले अहिलेको समयमा छोरा र छोरीबीच बिवेद नगरी तत्कालै (नागरिकता) दिइनुपर्ने धारण राखेका छन् ।

“ विदेशीले ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छ भनेर किन डराउनु पर्ने आवश्यकता छैन , उनले भने “जब छोराछोरी त देशमा बस्दैनन् भने ज्वाइँ र बुहारीसँग किन डराउनुर्पयो ?”