असोज ३, काठमाडौं सुनको मूल्य तोलामा शुक्रबार तीन सय रुपैयाँले बढेको छ । बिहीबार ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा शुक्रबार तीन सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।