असोज २,काठमाडौं—काठमाण्डौको थलीबाट ५ हजार रुपैँया घुस लिँदै गर्दा एक प्रहरी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग थली, काठमाण्डौमा कार्यरत प्रहरी नायब निरीक्षक बिपिन चन्द्र पन्तलाई घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । पन्तलाई सवारी दुर्घटनापछि सहमति गराउने क्रममा ५ हजार रुपैँया घुस लिदै गरेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनी थलीकै साथीभाइ रेष्टुरेन्टबाट पक्राउ परेका हुन् ।
उता, नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशी ८ हजार रुपैँया घुससहित पक्राउ परेका छन् ।
एक होटलबाट ८ हजार रुपैँया घुस लिँदालिँदै जोशी पक्राउ परेका हुन् । जग्गा हालसाविक गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग नजिकैको जनाएको छ ।