अफगानिस्तानमा सरकारी हवाइ आक्रमणमा ३० नागरिककोे मृत्यु

असोज २—अमेरिकी सहयोगप्राप्त अफगानी सुरक्षाकर्मीको हवाइ आक्रमणबाट ३० नागरिकको मृत्यु भएको छ । आक्रमणमा ४० जना घाइते भएका छन्।

बुधबार राति पूर्वी अफगानिस्तानमा गरिएको हमला आतङ्कवादी समूहमाथि लक्षित थियो, तर दुर्घटनावश उक्त हमलाको शिकार नानगरहार प्रान्तको खोग्यानी जिल्लास्थित वजिर–टाँगी क्षेत्रका किसान भए।

राजधानी काबुलस्थित रक्षा मन्त्रालयले उक्त हमला गरेको स्वीकार गरे पनि मृतक र घाइतेको सङ्ख्या भने तत्कालै खुलाएको थिएन।

यसैबीच, तालिबान लडाकूले कलात सहरस्थित एउटा अस्पतालमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चिकित्सक, बिरामीलगायत छन्। अस्पताल भवनबाहिर बिस्फोटक पदार्थ बिस्फोट गराइएको थियो। तालिबानले भने अस्पतालनजिकैका सरकारी गुप्तचर संयन्त्रलाई लक्षित गरी बिस्फोट गराइएको दाबी गरेको छ।

मंगलबारमात्रै तालिबानले राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने तय गरिएको चुनार्वी यालीमा बिस्फोट गराउँदा ४६ जना मारिएका थिए।

अमेरिकी र तालिबानी समूहबीच शान्तिवार्ता असफल भएयता सयौंको संख्यामा नागरिकहरू मारिएका छन्।

एजेन्सी