२०१९ को आइफा अवार्डमा अभिनेत्रीहरुको फेसन जल्वा

असोज २, काठमाडौं —बलिउडकै प्रतिष्ठित फिल्म अवार्ड ‘इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड–२०१९’ (आइफा अवार्ड) बुधबार राति सम्पन्न भएको छ । सन् २०१९ को आइफा अवार्ड नेपालमा हुने भनिएपनि विवादका कारण यसपटक मुम्बईमा आयोजना भएको छ ।

सुरुदेखि नै बलिउडले विदेशी सहरमा गर्दै आएको यो आइफा अवार्ड बलिउड सेलिब्रेटीका लागि फेसनको कुम्भमेलाका रुपमा समेत लिइन्छ । त्यस्तै, नेपाल सरकारले समेत चासो दिँदै अवार्ड आयोजना गर्ने निर्णय गरेको सन् २०१९ मा पहिलोपटक आइफा अवार्ड नेपालमा गर्ने भनिएको थियोे । जनस्तरबाट विरोध भएपछि सरकारले आइफा आयोजना गर्ने निर्णयलाई नगर्नेमा पुगेको थियो ।


यस अवार्ड नेपालमा आयोजना गर्दा ‘भ्रमण वर्ष–२०२०’ लाई सहयोग पुग्ने अपेक्षा गरिएको थियो । सरकारले सन् २०२० लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । तर, भ्रमण वर्षको प्रचारमा सहयोग पुग्ने भन्दै आइफा अवार्ड आयोजना गर्ने निर्णय गर्दा सरकार आलोचित बनेको थियो । विशेषगरी आइफा अवार्ड गर्दा लाग्ने खर्चलाई लिएर विवाद आएको थियो । त्यसपछि आइफा अवार्ड चीनमा गर्ने चर्चा बलिउडमा चलेको थियो । तर, यस वर्ष आइफा अवार्ड भारतकै व्यापारिक सहर मुम्बईमा सम्पन्न भएको छ । ‘आइफा अवार्ड–२०१९’मा अभिनेत्रीको जल्वा हेर्न लायक थियो । आइफा अवार्डमा देखिएको अभिनेत्रीहरुको फेसन जल्वा हेर्नुस् ।