वडा कार्यालयमा आगजनी

असोज २, काठमाडौं —धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको थियो ।

आगलागी भए लगतै आगो नियन्त्रण गरिएकाले धेरै क्षति हुन नपाएको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आगजनी नेत्र विक्रम चन्द समूहले गरेको हुनसक्ने आशंका गरिएको प्रहरीले बताएको छ ।