बाल्यकालमा चरम गरिबीको कारण फिनेल बेच्थे गुलशन ग्रोवर

असोज २, काठमाडौं —हिन्दी फिल्ममा व्याडम्यानको नामबाट चर्चित अभिनेत गुलशन ग्रोवरले आफ्नो जिन्दगीलाई खुला किताब बनाउन थालेका छन् । बलिवुड अभिनेता तथा साथीहरु नसीरुद्दीन शाह, शत्रुघ्न सिन्हा र ऋषि कपूरले जस्तै जीवनका सबै आरोह अवरोहलाई आत्मकथामार्फत ल्याउने कोशिस गर्दै छन् । गुलशन ग्रोवरको जीन्दगीको सबै विषयलाई समेटेर लेखिएको आत्मवृतान्त बैडमैन चाँडै बजारमा आउँदै छ ।

भारतकी पत्रकार रोशमिला भट्टाचार्यले लेखेको बायोग्राफीमा गुलशन ग्रोवरको जिन्दगीसँग जोडिएका अनेक किस्सा कहानीसँगै उनले जीवनमा भोगेको चरम गरिबीलाई छताछुल्ल पार्ने प्रयास गरेका छन् । कुनै बेला गुलशनलाई दुई छाका खान समेत नपुग्ने गरेको गुलशनले पुस्तकमा खोलेका छन् । उनी विद्यालय जाने उमेरमा बिहान घर घर पुगेर सरसफाइ गर्ने, फिनेल, सरफ बेच्ने गरेको बताएका छन् । पुस्तकको विषयमा चर्चा गर्दै उनले बाल्यकाल चरम गरिबीमा वितेको बताएका हुन् ।

आफैले सामान बेचेर कमाएको पैसाले विद्यालयको खर्च जुटाउने गरेको उनले बताए । घरका सबैले आफ्नो खर्च गुलशनले नै उठाएकोमा खुसी नै थिए । तर उनले भने म गरिबीसँग कहिले डराइन् । यसको कारण मेरा बुबा हुन् । जसले मलाई इमान्दारी र मेहेनतको बाटोमा हिड्न सिकाए ।