सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते

असोज १, काठमाडौं — सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

आज मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

घाइते २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले बताएको छ ।