तिहारको अवसरमा बक्सअफिसमा भिड्ने भए पूजा र स्वस्तिमा

असोज १, काठमाडौं —नेपाली सिने क्षेत्रका दुई चर्चित अभिनेत्री पूजा शर्मा र स्वस्तिमा खड्का पहिलो पटक बक्सअफिसमा भिड्ने भएका छन् । पूजाको मुख्य भूमिका रहेको फिल्म ‘पोइ पर्योद काले’ सँग स्वस्तिमाको फिल्म ‘घामड शेरे’ तिहारको अवसरमा आउँदो कात्तिक ८ गते दिन प्रदर्शनमा आउने भएपछि यी दुईको एकअर्कासँग भिडन्त हुने निश्चित भएको हो ।

‘पोइ पर्योक काले’ का लागि अभिनेत्री पूजा निर्देशकको पहिलो रोजाइ भने होइन । निर्देशक शिशिर राणाले निश्चल बस्नेत र स्वस्तिमालाई सोचेर फिल्मको कथा तयार पारेका थिए । फिल्म अफर गरेपछि यी दुइले फिल्म गर्ने इच्छा नदेखाएपछि निर्देशकले पूजा र सौगातको जोडी बाँधेका थिए ।

फिल्म ‘पोइ पर्योन काले’मा पूजाका साथ सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको पनि अभिनय रहने भएको छ । सौगातकै वरिपरि मूल कथा घुम्ने फिल्मलाई कमेडी कथावस्तुमा आधारित रहेर निर्माण गरिएको हो ।

हेमराज विसीको निर्देशनमा तयार फिल्म ‘घामड शेरे’मा रियल जोडी निश्चल र स्वस्तिमा श्रीमान् श्रीमतीको भूमिकामा रहेका छन् । रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक र रोय लगायत कलाकारको अभिनय रहेको छ ।