दसैंका लागि असोज १० गते देखि नयाँ नोट साट्न पाइने

असोज १, काठमाडौं — नेपाल राष्ट्र बैंकले यो वर्ष असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेकवर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ।

विगतमा राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको थियो । यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिनेछ । यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिइने बैंकले बताएको छ ।