कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निभाउन, प्रदेश लेखा नियन्त्रक कार्यालयलाई प्रदेश १ को आर्थिक योजना मन्त्रालयको अनुरोध

भदौं ३१,काठमाडौं— प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्तलयले प्रदेश लेखा नियन्त्रक कार्यालयलाई कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निर्बाह गर्न अनुरोध गरेको छ ।

प्रदेश १ को कोष बजेट र बित्त हस्तान्तरण कार्यक्रमलाइ प्रभाबकरी बनाउन संघले लेखा नियन्त्रक कार्यालयलाई कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निर्बाह गर्न अनुरोध गरेको हो ।

प्रदेश १ का अर्थ मन्त्री इन्द्र बहादुर आङ्बोले कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निर्बाह का लागि बजेट कार्यन्वयनको प्रभाबकारितामा जोड दिन अनुरोध गरेका छन् ।

त्यसैगरी सोही प्रदेशका सचिब दामोदर रेग्मीले पनि प्रदेश लेखा नियन्त्रक कार्यालयले आर्थिक योजना मन्त्रालय र प्रदेश सरकारको सफलताको लागि सञ्चित कोषको अध्याबधिक अवस्था, यसको प्रबृत्ती र आगामी दिनमा लिनुपर्ने कदमको बारेमा मन्त्रालयलाई नियमित रुपमा प्रदिबेदन पेश गर्नुपर्ने बताए ।

प्रदेश १ मा यस आर्थिक बर्षमा रु ४२ अर्ब २० करोड को बजेट विनियोजन गरिएको छ । उक्त बजेट कार्यन्वयनको प्रभावकारीता बढाउन प्रदेशले विभिन्न सरोकारवालाहरुको भुमिकालाई पनि सकृय बनाउन लागि परेको छ ।