भारतसँग कश्मीरको विषयमा युद्ध हुन सक्नेः पाकिस्तानी प्रधानमन्त्री

भदौं २९,काठमाडौं—पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग युद्धको खतरा भएको बताएका छन् । भारतसँग कश्मीरको विषयमा युद्ध हुन सक्ने उनले बताएका हुन् । अल जजिरासँगको अन्तरवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

भारतले जम्मू कश्मीरको स्वयत्तता हटाएपछि पाकिस्तानले यो विषय विश्वका सबै मञ्चमा उठाउदै आएको छ । इमरान खानले अल जजीरालाई दिएको अन्तरवार्तामा भारतसँग कश्मीको विषयमा युद्ध सम्भव रहेको भन्दै परमाणु शक्ति सम्पन्न दुई देशबीच युद्धको खतरा भएको बताएका हुन् ।

कश्मीरका ८० लाख मुस्लिम ६ हप्तादेखि बन्दी अवस्थामा रहेको तर भारतले भने पाकिस्तानलाई आतंककारीलाई सहयोग गरि आतंकवाद फैलाउने गरेको आरोप लगाउँदै विश्वको ध्यान कश्मीरबाट हटाउन खोजेको उनको आरोप छ । आफु युद्धको विरोधी भएको भन्दै उनले संयुक्त राष्ट्र संघ लगायतका विश्वका सबै मञ्चमा कश्मीरको विषयमा कुरा उठाइरहेको बताए । उनले काश्मीरको विषयमा राजनीतिक समाधान चाहेको बताए । तर भारतले वार्ताको माध्यमबाट यसको समाधान नचाहेको उनको आरोप छ ।