कुकुर पाल्न पनि लाइसेन्स !

भदौं २९, काठमाडौं — अब कुकुर पाल्न पनि लाइसेन्स चाहिने भएको छ । भारतको गाजियावादमा अब घरमा कुकुर पाल्नका लागि लाइसेन्सको आवश्यकता पर्ने नियम लागु हुने भएको छ ।

कुकुर पाल्ने लाइसेन्स लिन त्यहाँका मानिसले अब पाँच हजार भारतीय रुपैयाँ नगर निगमलाई तिर्नुपर्नेछ । त्यति गरेपछि मात्रै घरमा कुकुर पाल्न पाइने छ ।

यदि कसैले लाइसेन्सबिना कुकुर पालेमा कारबाहीको भागिदार बन्नु पर्ने र उसले तोकिएवमोजिम सजाय भोग्नु पर्नेछ ।