‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरु

भदौं २७, काठमाडौं —नेपालमा पहिलोपटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरु भएको छ ।

बिहीबारदेखि शनिबारसम्म चल्ने कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुने बताइएको छ ।

मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको कन्फरेन्स उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गरेका हुन् ।भट्टराईले कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा थुप्रै परिवर्तन भएको बताए। ‘सिर्जनशील र व्यवसालाई मात्र चलचित्र हो? सिंगो सिर्जनशीलतमा सबै पर्छन कि पर्दैनन्? यो विषयमा बहस गरिदिनुहोला। साथै चलचित्र विधेयक सबैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने।