अमेरिकी नेतृत्व गठबन्धन सैनिकले इराकमा ४० टन बम खसाल्यो

भदौ २६,काठमाडौं —अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ ।

अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्दे्शित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।

राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य प्रान्तस्थित उक्त द्वीप सन् २०१७ मा आईएसले आफ्नो कब्जामा लिएको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।