आफैंले घाँटी रेटी एक व्यक्तिद्धारा आत्महत्या

भदौ २५,काठमाडौं—पाँचथरमा एक मानिसले आफैंले घाँटी रेटी आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैंले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

बुधबार बिहान साँढे ९ बजेको समयमा आफैं सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अस्थायी प्रहरी चौकी तमाखेबाट खटिएको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेका जनाएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रियापश्चात अन्य थप अनुसन्धान गरिरहेको बताएको छ ।